सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय वीरबहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र–३ का बिक्रम बिकको ६ बर्षीय छोरा अबि बिक रहेका छन ।
मंगलबार दिउँसो मादक पदार्थ सेवन गरेका बीरबहादुरले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरेपछि बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए ।
घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका बिकको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।