बिर्तामोड ।
रकम बचत गर्ने आ–आफ्नै तरिका हुन्छ । हाल धेरैले बैंक, बित्तिय तथा सहकारी संस्थामा पैसा बचत गरेका छन् । केही समय अघिसम्म गाउँघरतिर धेरै जसोले बजारमा पाइने माटोबाट बनेको खुत्रुकेमा घर–घरमा पनि रकम बचत गर्ने चलन थियो भने अझै पनि कतिपयले त्यसरी बचत गर्ने गरेका छन् ।
धेरैजसो सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई माटोको मात्र नभएर अलि फरक खालको खुत्रुके बितरण गरेर बचत गर्ने बानी बसाल्दै आएका छन् ।
बिर्तामोड जस्तो झापाकै प्रमुख ब्यापारी शहरको केन्द्रमा सञ्चालित पसलमा माटोको खुत्रुकेमा रकम बचत गरेर कोठाभाडा र आफुलाई समस्या पर्दा काम चलाउने गरिएको छ भन्दा पछिल्लो पुस्तालाई अचम्ब पनि लाग्न सक्छ ।
तर, बिर्तामोड–१ स्थित अतिथि सदनको छेउमा ब्रदर्श फोटो स्टुडियोमा माटोको खुत्रुकेमा बिभिन्न शिर्षक राखेर पैसा जम्मा गर्ने गरिएको पाइएको हो । ब्रदर्श फोटो स्टुडियोका सञ्चालकद्धय प्रेमशील पौडेल र सन्तोष अधिकारीले उक्त खुत्रुकेमा बिभिन्न शीर्षक राखी रकम जम्मा गरेर कोठा भाडा र कम्युटर मर्मतलगायतमा खर्च गर्ने गरेका छन् ।
सञ्चालकद्धय पौडेल र अधिकारीले रकम बचत गर्ने खुत्रुकेकमा ‘म कम्युटर बनाउन सहयोग गर्छु, मलाई सकेका बेला एक सय माथि दिनुहोला’ र अर्कोमा ‘घरभाडा, मलाई दिनको २ सय माथि दिनुहोला, म तपाईलाई थपथापमा काम लाग्नेछु ।’ शिर्षक लेखेर दुई वटा माटोको खुत्रुकेमा रकम जम्मा गर्ने गरेका छन् ।
त्यसरी जम्मा गर्दा कोठा भाडा र कुनै आपतबिपत पर्दा खाँचो टर्ने सञ्चालक मध्येका पौडेलको भनाई छ । धेरै ब्यापार ब्यवसाय गर्नेले कोठा भाडा तीन समस्या हुने गरेको बताउँदै पौडेले भने ‘यसरी बचत गर्दा थाहा नपाइकनै घर भाडा तीन सहज हुन्छ ।’ पौडेलले सवैलाई यसरी रकम बचत गरे घरभाडा र कुनै आपतबिपतमा मद्दत मिल्ने भएकाले खुत्रुकेमा बचत गर्न सवैलाई आग्रहसमेत गरेका छन् ।