झापा । 

प्राकृतिक प्रकोपका कारण यस आर्थिक बर्षमा कोशी प्रदेशभर ७७ जनाले ज्यान गुमाएका छन् भने २७७ जना घाइते भएका छन् । आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्ममा प्रदेशभर २ हजार ८६८ स्थानमा प्राकृतिक प्रकोपका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको बिबरणमा उल्लेख छ । 

प्रहरीको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्बन्धि तथ्याङ्क अनुसार चालु आव ०८०/०८१ का अनुसार ७ हजार ९०८ वटा चौपायको मृत्यु भएको छ भने २४४ वटा घाइते भएका छन् । 

त्यस्तै प्राकृति प्रकोपबाट २ हजार २७४ घर परिवार प्रभावित भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार वाढी ११७ स्थानमा, पहिरो ४९६ स्थानमा, चट्याङ ८७ स्थानमा, आगलागी १ हजार ७३१ स्थानमा, हावाहुरी १८४ स्थानमा र जंगली जनवार घटना २५३ स्थानमा भएका छन् । 

वाढीबाट २२ स्थानमा, पहिरोबाट ९ जना, चट्याङबाट १३ जना,  आगलागीबाट १३ जनाको मृत्यु भएको तथ्याङले देखाएको छ । वाढीबाट २४ जना, पहिरोबाट २० जान,  चट्याङबाट ३६ जना,  आगलागीबाट १३४ जना, हावाहुरीबाट ६ जना र जंगली जनावारको आक्रमणबाट ५७ जना घाइते भएका छन् । 

 चौपायतर्फ वाढीबाट ४२, पहिरोबाट ३४२, चट्याङबाट १४७, आगलागीबाट ७ हजार ३६५, हावाहुरीबाट ६ र जंगली जनावरबाट ६ वटाको मृत्यु भएको छ । त्यस्तै पहिरोबाट ५०, चट्याङबाट २ र आगलागीबाट १९२ वटा चौपाय घाइते भएका तथ्याङकमा छ । 

वाढीबाट ६३८, पहिरोबाट ५८६, चट्याङबाट ३३, आगलागीबाट ७५८ हावाहुरीबाट ७०८ र जंगली जनावरबाट १ हजार ३१८ घर परिवार प्रभावित भएका छन् ।  

वाढीबाट ६३८, पहिरोबाट ५८६, चट्याङबाट ३३, आगलागीबाट ७५८ हावाहुरीबाट ७०८ र जंगली जनावरबाट १ हजार ३१८ घर परिवार प्रभावित भएका छन् । 

वाढीका लागि १ हजार २८२, पहिरोबा लागि २ हजार ७००, चट्याङका लागि ४०६, आगलागीका लागि ११ हजार २६७, हावाहुरीका लागि ७०८ र जैगली जनावर घटनाका लागि १ हजार ३१८ जना गरी जम्मा १८ हजार २८१ जना परिवार परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवत्ता भीमबहादुर दाहालले उपलब्ध गराएको तथ्याङ्कमा उल्ल्ेख छ ।