झापा । 

झापा कनकाई नगरपालिका वडा नम्बर २ पवित्रा पेट्रोल पम्प नजिक पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटामामा एक जनाको मृत्यु भएको छ ।  विराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । 

दुर्घटनमामा घाइते भएका झापाको कमल गाउँपालिका वडा न. ५ का अन्दाजी ४१ बर्षिय लक्ष्मीप्रसाद सुब्बा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमवार साँझ ७ बजेको समयमा भएको सवारी दुर्घटनामा दाहिने खुट्टा भाचिएको, टाउको र छातीमा चोट लागेर घाइते भएका सुब्बाका उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको र उपचारकै क्रममा साँझ ८ बजे मृत्यु भएको थियो । 

बस र बसका सह–चालक मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर २  का अन्दाजी १९ बर्षिय दिपेश दर्जी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका थिए । मोटरसाईकल इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ । 

तत्काल फरार रहेका बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ बर्षिय सागर थुलुङ राई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलिले राती १० बजे नियन्त्रणमा लिएको थियो । बस चालक सागर थुलुई राईलाई फेला परी नियणत्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई चालक र सह चालक दुबै जनालाई उक्त घटना सम्बन्धमा सोधपुछ गरिएको थियो । 

सोधबुझका क्रममा सागर थुलुङ राईले धरानबाट काँकरभिट्टा तर्फ आउने क्रममा मोरङको बेलबारीमा सोमवार अन्दाजी ४ः३० बजे सो बसले मोटरसाईकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा सागर थुलुङ राई सोही स्थानमा झरेर मोटरसाईकल पक्षसँग छलफल गर्न बसेको र सोही स्थानबाट उक्त नम्बरको बस झापा शिवसताक्षी नगरपालिका वडा न. ६ का अन्दाजी २७ बर्षिय सोही बसका कन्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको बताएका छन् । 

हाल उनी फरार रहेको र खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।