काठमाडौं।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएर सपथ लिएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
जसअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।