झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । लागू औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले ती भारतीय नागरकलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला खोरीबारी पानीट्याङकी बस्ने ३६ बर्षिय बब्लु राय छन् । रायलाई भारतीय ध्द्य ठद्ध थ्  द्दज्ञद्धज्ञ नम्बरको मोटरसाईकललाई रोकेर शनिवार साँझ ५ः३० बजेको समयमा प्रहरीले चेकजाँच गरेको थियो ।


 रायलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको लगाएको पाईन्टको गोजीबाट सेतो रङको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागू औषध खैरो हेरोइन फेला परेको थियो । 


उक्त खैरो हेरोइन नापतौल गर्दा प्लाष्टिक प्लाष्टिक बाहेक ११ ग्राम ३०० मिलि ग्राम रहेको प्रहरीले जनाएको छ । रायलाई लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको प्रहरीले जनाएको छ ।


रायको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।