चितवन ।
नारायणगढ–मुग्लिङ सडक खण्डम लेदोसहितको पहिरो खस्दा दुई वटा यात्रुबाहक बस त्रिशूलीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । की प्रहरी
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा आज बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खसेको थियो । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेका कारण बस त्रिशुलीमा खसेका थिए ।
पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको र त्रिशूलीले बसलाई बगाएर घटनास्थल भन्दा केही तल पाखा लगाएको बताइएको छ । तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।
उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको बताइएको छ । सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरीको भनाई छ ।
अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन । सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो । लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ । बसका यात्रुहरूको अवस्था अज्ञात छन् । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरहरु पनि पहिरोका कारण अड्किएका छन् । काली खोलामा ठुलो पहिरो खसेकाले गोतखोरहरु घटनास्थल पुग्न सकेका छैनन् । गोताखोर नभई उद्धार कार्य सुरु गर्न नसकिने प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोका कारण त्रिशूलीमा खसेका हुन् ।