झापा ।
अबिरल बर्षाका कारण देशभरका बिभिन्न स्थानमा पहिरो जाँदा दुई वटा यात्रुबाहक बस पहिरोले बगाएको छ भने पहिरोले घर पुर्दा सात जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सात जनाको मृत्यु भएको छ। घर पहिरोले पुर्दा दुईजना घाइते भएका छन्।
भरतपुर–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको हो । सडकमाथिबाट खसेको पहिरोले आज (शुक्रवार) बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको प्रहरीले जनाएको छ । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।
यता कास्कीको पोखरा–१९ पुरनचौरमा पहिरो जाँदा सात जनाको ज्यान गुमाएको र दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक र घाइतेको परिचय खुल्न भने बाँकी रहेको छ भने अहिले सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ण्ड) ले नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई र्दिेशन दिएका छन् ।
उनले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्व तयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील समेत गरेका छन् ।