विराटनगर ।

झापा र मोरङबाट लागू औषधसहित चार जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती  ९ बजे झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चौकबाट इलामको महमाई नगरपालिका–१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोषकुमार एक्तेन लिम्बु पक्राउ परेका हुन् । 

एक्तेनले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ बाट भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो थियो । 

मोरङको बिराटनगर–१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN  गरि २० एम्पुलसहित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।