झापा ।
सवारी ज्यान मुद्दामा फैसला भई फरार रहेका प्रतिवादी १९ बर्षपछि पक्राउ परेका छन् । २०६२ फागनु ९ गतेबाट सवारी ज्यानको पेन्डीङ मुद्दा अन्तरगत फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका वडा नम्बर ११ का ५४ बर्षिया बन काईलो भन्ने नरबहादुर भुजेल रहेका छन् । भुजेललाई इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको टोलीले बुधवार पक्राउ गरेको हो ।
पक्राउ गरिएका प्रतिवादी भुजेललाई झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।