भद्रपुर । 

डिभिजन बन कार्यालय भद्रपुर झापाले सडक किनारको दुवै साइडमा बृक्षारोपण गरेको छ । डिभिजन बन कार्यालयले सडक किनारमा छहारी तथा सौन्दर्य दिने बिरुवा रोपेको हो । 

बन कार्यालयले मंगलबार झापाको भद्रपुर नगरपालिकास्थित धनुषमोडदेखि शहिदचौकसम्मको दुवै सडक किनारको ६०० मिटरमा बिभिन्न जातका बिरुवा रोपन गरेको डिभिजन बन कार्यालय भद्रपुर झापाकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । 

सूचना अधिकारी पुरीका अनुसार २०० बिभिन्न जातका बिरुवा रोपिएको हो । जाडुल, ज्याकाराण्डा, कल्कि, राजबृक्ष, गुल्मोहरलगायत जातका २०० बिरुवा रोपिएको बताइएको छ । 

डिभिजन बन कार्यालय भद्रपुर झापाका डिभिजनल वन अधिकृत मेघराज राईले बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । बृक्षारोपण कार्यक्रममा स्थानीयसहित डिभिजन बन कार्यालय झापाका कर्मचारीहरुको सहभागीता रहेको थियो । दमक र गौरीगञ्जमा पनि बृक्षरोपण गरिने डिभिजन बन कार्यालयको योजना रहेको  बताइएको छ । 

‘भावी सन्तती र समृद्धिका लागि बृक्षारोपण गरौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को अवसर पारेर शुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तरगत झापाका बिभिन्न स्थानमा डिभिजन बन कार्यालयले बिभिन्न जातका बिरुवा पोप्दै आएको छ ।