झापा। 

झापासहित देशका धेरैजसो भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुई स्थानमा अति वर्षाको समेत सम्भावना छ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।