झापा । 

गएराती झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ स्थित रिमझिम टोल र तुलसी चौकमा जंगली हात्तीले दुई वटा घरमा क्षति पुर्याएको छ । 

गएराती १२ः२५ बजेको सयममा जंगलबाट बस्तीमा पसेको जंगली हात्तीले भद्रपुर १ रिमझिम टोल र तुलसी चौकका दुई घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । 


जंगली हात्तीले भद्रपुर नगरपालिका–१ रिमझिम टोलका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, ८०  कोदो खादा अन्दाजी २५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


त्यस्तै भद्रपुर–१ स्थित तुलसी चौकका  डम्बरबहादुर थापा क्षेत्रीको ईटाको वाल जस्ताको छानो भएको एक तले भुई घरको पश्चिम साईडको वाल भत्काएको छ । जंगली हात्तीले जस्ताको छानो भएको घर भत्काउदा ४० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

आज (मंगलबार) बिहान ८ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय पृथ्बीनगर झापामा जानकारी प्राप्त हुन साथ प्रहरी टोली गएर थप बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।