हल्दीबारी । 

हल्दीबारी गाउँपालिका क्षेत्र भित्र बिना दर्ता तथा स्वीकृति विना अवैधानिक रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा ब्यवसायलाई कारवाही गरिने भएको छ । 

झापाको हल्दीबारी गाउँपालिका भित्र बिना दर्ता सञ्चालनमा रहेको औषधी पसल, फार्मेसी, क्लिनिक, अस्पताल साथै विभिन्न व्यवसायहरु नियमानुसार मापदण्ड पुरा गरी सम्बन्धित निकायमा दर्ता, स्वीकृत भएपछि मात्र सञ्चालन गर्न पालिकाले भनेको छ । 

पालिका भित्र कतिपय स्वास्थ्य सेवा, संघ, संस्था, फार्मेसी र क्लिनिकहरु सम्बन्धित निकायमा दर्ता÷स्वीकृति नभई सञ्चालन भईरहेको जनगुनासो प्राप्त भएको भन्दै त्यस्ता संस्थाप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको हो  ।

जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने त्यस्ता कुनैपनि गतिविधि नगर्न र दर्ता स्वीकृति नभई कुनैपनि व्यवसाय सञ्चालन नगर्न पालिकाले सोमबार १५ दिने सूचना जारी गरी सवैमा जानकारी गराएको छ । 

 ‘सम्बन्धित निकायमा दर्ता÷स्वीकृति नभई सञ्चालन भएको ब्यवसाय गैर कानूनी भएकाले फर्म व्यवसाय सेवाको प्रकृति अनुसार १५ दिन भित्र तोकिएको मापदण्ड पुरा गरी सम्बन्धित निकाय तथा पालिकाको कार्यालयमा दर्ता, स्वीकृति, नविकरण लगायत अध्यावधिक हुन सूचित गरिन्छ ।’ पालिकाद्धारा जारी सूचनामा भनिएको छ । 

नियम विपरित त्यस्ता कार्य गरेको गराईको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सम्वन्धित सवैमा जारी सूचनामार्फत पालिकाले जानकारी गराइएको प्रमख प्रशासकीय अधिकुत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । 

पालिकाले बिना दर्ता तथा बिना स्वीकृति सञ्चालन भइरहेका स्वास्थ्य संस्था र ब्यवसायको डाटा संकलन गर्दै गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार त्यस्ता संस्थालाई दिइएको समयसीमा भित्र पनि पालिकामा पनि पालिकामा दर्ता तथा स्वीकृति लिन नआए उनीहरुलाई दिएको समय सिमाभित्र पनि सम्पर्कमा नआए साथै नियम विपरित सञ्चालन गरेको पाइए प्रचलित कानून अनुसार पालिकाले कारबाही गर्नेछ ।