बिर्तामोड । 

वीरता लेडी जेसीजले व्यवसायिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । समाजसेवी एवम् राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सोमबार लेडी जेसीजले कार्यक्रम गरेको थियो । 

आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा सघाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमलीको विशेष आतिथ्यमा आयोजित कार्यक्रम तारा बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चारकर्मी भीमा शिवाकोटीले व्यवसायिक योजना निर्माणमा सहजीकरण गर्दै सीप तथा क्षमताको विकासमा जोड दिएकी थिइन् ।

पूर्व अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सह–सचिव एलिना रिजालले गरेकी थिइन् ।