सुरुङ्गा । 

रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष२०२३/२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४/२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४/२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेती, पुर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, शुसिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ सहितको उपस्थितीमा  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व डिस्ट्रीक गभर्नर रोटरीयन सन्तोष रिजालले अध्यक्ष उप्रेतीको गलामा कलर लगाइदिएका हुन् ।

त्यस्तै विशिष्ट अतिथीका रुपमा रहेका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतबाट रोटरीको ग्याबल हस्तान्तरण गरिएको थियो भने रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले अध्यक्ष लुवराज उप्रेतीलाई चार्टर सटिपिकेट प्रदान गरे ।

त्यस्तै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष सारिका गिरीको गलामा भएको चेन (कलर) वर्ष २०२४/२५ का अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा लगाएसँगै  नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका जोनल रोट्रयाक्टर पानस अधिकारीले अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा चेन (कलर) लगाइदिएका हुन् भने वर्ष २०२३ /२४ की अध्यक्ष सारिका गिरीबाट ग्याबल हस्तान्तरण गरिएको हो । अध्यक्ष कट्टेललाई रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डा.मनिष उप्रेतीले चार्टर सटिपिकेट प्रदान गरे ।

कार्यक्रममा रोटरी अध्यक्ष उप्रेतीलाई  एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतले सपथ खुवाएका थिए भने  रोट्र्याक्ट अध्यक्ष कट्टेललाई जोनल रोट्रयाक्टर पानस अधिकारीले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै दुवै जना अध्यक्षले आ–आफ्नो बोर्डलाई पूर्णता दिएका थिए ।

 रोटरी वर्ष २०२४/२५ का लागि निवर्तमान अध्यक्षका रुपमा शिवकुमार कडेल, प्रेसिडेन्ट इलेक्टमा डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्ष अखिलकुमार कोइराला, द्वितीय उपाध्यक्ष सरला दहाल पोखरेल र तृतीय उपाध्यक्षमा शिवकुमार गिरी रहेका छन् । क्लवको सचिवमा सोमनाथ उप्रेती, कोषाध्यक्षमा यदुका उप्रेती(उषा), सर्जन एट आर्मसमा मेनुका उप्रेती शिवाकोटी रहेका छन् ।

 त्यस्तै क्लवको सर्भिस प्रोजेक्ट चेयरमा रामप्रसाद निरौला, पब्लीक इमेज चेयरमा कमलप्रसाद कट्टेल, मेम्बरसिप चेयरमा मिनाल तिम्सिना, एडमिनिस्ट्रेटिभ चेयरमा रेनुका मैनाली, युथ सर्भिस चेयरमा बमबहादुर कुँवर(दिपक), रोटरी फाउण्डेशन चेयरमा खेमप्रसाद प्रसाईँ, इनभारोमेन्ट(वातावरण) चेयरमा ख्यामप्रसाद ओली र क्लव मेन्टरको जिम्मेवारीमा एल.पी. उप्रेती रहेको बताइएको छ । क्लवको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष उप्रेतीले सपथ खुवाएको पत्रकार एवं रोटरीयन रामप्रसाद निरौलाले जानकारी दिए । 

 रोटरीयन निरौलाले दिएको जानकारी अनुसार  रोट्र्याक्ट वर्ष २०२४/२५ को अध्यक्षमा कट्टेलसँगै निवर्तमान अध्यक्षमा सारिका गिरी र  क्लवको मेन्टरमा डा.मनिष उप्रेती रहेका छन् । सचिवमा कोमल न्यौपाने, प्रेसिडेन्ट इलेक्टमा दिवाकर तिवारी, प्रथम उपाध्यक्षमा डा.मुकेश शाह, द्वितीय उपाध्यक्षमा शारदाकुमारी कारक र कोषाध्यक्षमा प्रतिक्षा ढुङ्गेल रहेका छन् ।

रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२४/२५ का अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षता एवं पुर्व डिष्ट्रिक गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको पदस्थापन विशेष कार्यक्रमका सम्पन्न भएको थियो ।  त्यस्तै रोट्रयाक्ट क्लव वर्ष २०२३/२४ की अध्यक्ष सारिका गिरीले समेत आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधिसहितको अन्तिम मन्तव्य राख्दै सहयोगी मनहरु सबै–सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

 क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रममा एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, जोनल रोट्रयाक्टर पानस अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका सचिवद्वय सोमनाथ उप्रेती र कमल न्यापानेले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।