झापा । 

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर २ स्थित राजगढमा स्थानीय पैनीमा डुवेको अवस्थामा तत्काल नाम ठेगाना नखुलेका एक जना मानिस मृत फेला परेका छन् । 

तत्काल नामथर वतन नखुलेका तराई मुलुकको जस्तो देखिने वर्ष अन्दाजी ५०/५२ बर्षियको पुरुष मानिस पैनीमा डुबेर मृत्यु परेका हुन् । 

गएराती १० बजेको सयमा मानिस फेला परेको जिल्ला प्रहरी कार्यालय झापामा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । 

मृतकको लास पैनीबाट बाहिर निकाली राखेको अवस्थामा लासमा बाहिरी चोट पटक नरहेको बताइएको छ । उक्त घटनाको  सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।