बिर्तामोड । 

‘रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्यले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ । पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज (सोमबार) रक्तदान गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम  भएको हो ।  ‘पञ्चकन्या सोसाइटीको चाहाना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित बिबिध सामाजिक काम गर्दै आएको सचिव बिपि लामिछानेले जानकारी दिए । 

झापाको बिर्तामोड–१ स्थित बिन्द्यावासिनी दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका हुन् । 

raktadan

बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष बिष्णु चुडालले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड खानेपानीका उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य मायादेवी प्रधान, सोसाइटीका सह–सचिव दधिराम पाठक, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चण्डीप्रसाद उपाध्ययलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममको सञ्चालन सोसाइटीका सचिव विपि लामिछानेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल र बिर्तामोड खानेपानीका अध्यक्ष बास्तोलालले रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत बितरण गरेका थिए । रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको बताइएको छ ।