झापा । 

झापाको कचनकवल गाउँपलिका वडा नम्बर ६ मुस्लिम बस्तिमा बिद्युतीय ट्रान्सफर्मरमा करेन्ट लागेर एउटा गोरुको मृत्यु भएको छ । 

कचनाकवल–६ सडक नजिकमा रहेको बिधुतिय ट्रान्सफर्मर सहितको पोलमा करेन्ट प्रवाह हँुदा सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेर रेको हो । 

  आज (आइतवार) बिहान ८ः४० बजेको समयमा राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको छ ।

अन्य  मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।