झापा । 

झापाको कमल गाउँपालिका धारिलो हतियार प्रहार गरी फरार रहेका एक ब्यक्तलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजबिराज नगरपालिका वडा नं.११ स्थायी घर भई हाल झापाको कमल–६ बस्दै आएका ४१ बर्षिय रुपेश सदालाई प्रहरीले पक्राउ गरेको हो । 

शनिवार अन्दाजी १ बजेको समयमा कमल–६ मा कोठा भाडामा बसेर सिटी सफारी चलाउँदै आएका सदाले कमल–६ सुकुम्बासी टोलकी ३१ बर्षिया सुमित्रा ऋषिदेव (बिवाहित) लाई धारीलो हतियार प्रहार गरेर फरार भएको थिए । 

सदाले सुमित्राको टाँउको र दुबै हातमा धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएको खवरको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटना स्थलबाट खुकुरी थान–१, छुरी थान–१ र रड थान–१ बरामद गरेको थियो ।

फरार सदाको खोजतलास गर्ने क्रममा शनिवार सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको छ ।  पक्राउ गरिएका उनलाई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।