बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोलमा पैनीमा डुवेर मृत्यु भएको छ । आज (शनिवार) २ः४५ बजेको समयमा ती ब्यक्ति मृत फेला परेका हुन् । 

बिर्तामोड–१० होपन मुर्मुको छोरा ३५ बर्षिय सुनिल मुर्मु घर नजिकै रहेको पैनीमा डुबेर मृत अवस्था फेला परेका हुन् । 

दिउसो ३ बजे बजेको समयमा स्थानियले देखेर जानकारी गराउन साथ तत्काल प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीको टोली गएको सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।