बिर्तामोड ।
७० वढी सामाजिक कार्य गरी आफ्नो एक वर्षे कार्यकाल सफल रुपमा पूरा गरेकी लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओली सम्मानित भएकी छन् ।
लायन वर्ष २०२३–०२४ मा बिभिन्न बिधामा उत्कृष्ट सेवा गरे वापत उनलाई बेस्ट प्रेसिडेन्ट अफ द इयर र सर्भिस एक्सेलेन्स प्रेसिडेन्ट अफ द इयरको रुपमा सम्मान गरिएको हो । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सीको चौथो क्याविनेट बैठक एवं अवार्ड सेरोमोनी कार्यक्रममा लायन वर्ष२०२३÷०२४ मा बिभिन्न बिधामा उत्कृष्ट सेवा गरेवापत डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्माले सम्मान प्रदान गरेका थिए ।
अध्यक्ष ओलीले अध्यक्षको एक वर्षे कार्यकालसम्म साथ र सहयोग गरी सफल बनाइदिने आफ्ना श्रीमान् लायन्स क्लबका डिस्ट्रिक चिफ निरजकुमार ओली, लायन्स क्लब अफ बिर्तामोड लेडीका सम्पूर्ण सदस्य, आफ्नो घरपरिवारका सम्पूर्ण सदस्य, आफन्त, बिभिन्न संघ संस्थामा रहने शुभचिन्तक र पत्रकारहरूलाई धन्यवाद दिएकी छन् ।
उनले ७० औं अर्थात अन्तिम कार्यक्रमको रुपमा अर्जुनधारा ४ स्थित शिवनारायण प्राथमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिदिएकी थिइन् । ‘शुद्ध पानी तिमीहरूको लागि नानी÷ भन्ने नाराका साथ रू २ लाख बराबरको ३०० लिटर प्रतिघण्टा फिल्टर क्षमताको अत्याधुनिक प्रविधियुक्त पानी प्रशोधन वाटर प्लान्ट धारा जडान गरिएको उनले बताइन् । जसको लागि टेरी मिकेस्का फाउन्डेसनले सहयोग गरेको थियो । सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुहरूलाई पिउने पानीको असाध्यै समस्या रहेको अवगत गराएपछि आफूहरुले सहयोग गरेको उनले बताइन् ।
उनले ७० औं अर्थात अन्तिम कार्यक्रमको रुपमा अर्जुनधारा ४ स्थित शिवनारायण प्राथमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिदिएकी थिइन् । ‘शुद्ध पानी तिमीहरूको लागि नानी’ भन्ने नाराका साथ रू २ लाख बराबरको ३०० लिटर प्रतिघण्टा फिल्टर क्षमताको अत्याधुनिक प्रविधियुक्त पानी प्रशोधन वाटर प्लान्ट धारा जडान गरिएको उनले बताइन् ।
जसको लागि टेरी मिकेस्का फाउन्डेसनले सहयोग गरेको थियो । सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुहरूलाई पिउने पानीको असाध्यै समस्या रहेको अवगत गराएपछि आफूहरुले सहयोग गरेको उनले बताइन् ।
सोही अवसरमा अर्जुनधारा नगरपालिकाको सहयोगमा २ लाख रुपैयाँको लागतमा निर्मित प्रवेशद्वार पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक ३२५ सीका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर बबरजङ्ग थापाले ती योजना हस्तान्तरण गरेका थिए ।