झापा ।
झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा बिभिन्न मितिमा चोरीका घटनामा संलग्न रहेका छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं. ३ का २२ बर्षिये सुस्मन थापा मुख्य प्रतिवादी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कमल ३ का २७ बर्षिय कृष्ण थापा चोरीको सुनको औठी बिक्री गर्ने कार्यमा संलग्न प्रतिबादी हुन् । सोही स्थानका ४३ बर्षिय अर्जुन विश्वकर्मा सुनको औठी खरिद गर्ने प्रतिबादी, श्री पाथिभारा बराइली ज्वेलर्स सुनचाँदी पसलका संचालक छन् । त्यस्तै सोही स्थानका नितेश बराईली सुनको औठी खरिद गर्ने प्रतिबादी तथा श्री पाथिभारा बराइली ज्वेलर्स सुनचाँदी पसलका संचालक छन् ।
त्यसैगरी मेचीनगर १० का ४० बर्षिय सुरेशकुमार दास सुनको औठी खरिद गर्ने प्रतिबादी, प्रतिक्षा भेराईटी किराना पसलका संचालक हुने भने अर्जुनधारा नगरपालिका वडा नं. ११ गिरी बन्धु टिस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने ५१ बर्षिय सुनिल राजवंशी चोरी गरेको सुनको औठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गर्ने प्रतिबादी भएको प्रहरीले जानकारी दिएको छ ।
इलाम रोङ गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने ३६ बर्षिया दुर्गादेवी श्रेष्ठको घरमा, र अर्जुनधारा–११ स्टाफ चौककी ५१ बर्षिया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते र विर्तामोड नगरपालिका वडा नं. ५ नयाँ नमुना टोलकी ३५ बर्षिया गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो ।
घटनाको सूचना इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा प्राप्त भएपछि उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरुलाई गत असार १७ गते चोरीका सामानहरुसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ गरिएका उनीहरुलाई झापा जिल्ला अदालतबाट मंगलबार ५ दिनको म्याद थपगरी सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।