झापा । 

भारत गाई तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तस्करलाई पनि नियन्त्रण गरेको हो । 

पक्राउ पर्नेमा देवाहीगोनाही नगरपालिका–२ स्थित करुनिया टोलका शेख आबिद आलम छन् ।  ८ वटा गाई र एउटा बाछोसहित पक्राउ परेका आलमलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको छ । 

मुख्य तस्कर गाई धनी फरार रहेकोले उनको खोजी भईरहेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।