मोरङ।

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन् । 

प्रदेश ०३–००१क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा  स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए । 

दुबै घाईतेलाई उपचारको लागि स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पुर्‍याउनसाथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको छ । ठक्कर दिने टि«पर र टि–पर चालक मोरङ मिक्लाजुङका लालबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।