सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुखको बिदाई तथा स्वागत गरेको छ । नगरले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक प्रबिनकुमार भट्टराईलाई सम्मानसहित बिदाईसँगै प्रमुखका रुपमा नायव निरिक्षक किरण मोक्तानलाई स्वागत गरेको छ ।
कनकाई नगरमा आज (सोमबार) एक समारोहका बिच प्रमुखद्धयलाई स्वागत तथा बिदाई गरिएको हो । उनीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीले स्वागत तथा बिदाई गरेका थिए ।
कनकाई नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उपप्रमुख शिवाकोटीले गरेकी थिइन् । कार्यक्रममा बिदाई भएर जाने इप्रका सुरुङ्गाका प्रमुख तथा प्रहरी बरिष्ठ नायव निरिक्षक भट्टराईले कनकाई नगरले समन्वय र सहयोग गरेको भन्दै नगरको प्रशंसा गरे ।
त्यस्तै जिल्लाबाट इप्रका सुरुङ्गाको प्रमुखका रुपमा आएका नायव निरिक्षक मोक्तानले पनि नगरपालिकासँग समन्वय गरेर कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो धैरै बर्षको प्रहरीको जागिरको क्रममा अहिलेसम्म कुनैपनि नगरपालिका तथा गाउँपालिकाले प्रहरीको स्वागत नगरेको बताउँदै कनकाई नगरले गरेको स्वागतले थप उर्जा मिलेको बताए ।
स्वागत तथा बिदाई कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, जनप्रतिनिधिहरु, नगरका कर्मचारी अधिकृत सातौ तहकी जमुना कटुवाल, नगरका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, जनस्वास्थ्य निरिक्षक नारायण अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमकाबिच सुरु सुरुङ्गा जेसीका तर्फबाट बिजय पाठक र कनकाई उद्योग बाणिज्य संघको तर्फबाट महासचिव सरोज सिटौलाले प्रहरी प्रमुखद्धयलाई स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।