हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मकै रोप्ने मेशिन र बिद्युतीय स्प्रेयर बितरण गर्न प्रत्येक वडाबाट कृषक छनौट गरेको छ ।
पालिकाले मकै रोप्ने मेशिन र बिद्युतीय स्प्रेयरका लागि ३७७ जना कृषकलाई छनौट गरेको छ । बिद्युतीय स्प्रेयरमा भने १९ कृषकलाई वैकल्पिकमा राखेका छ । पालिकाले मकै रोप्ने मेशिनका लागि ३ लाख ५ हजार र बिद्युतीय स्प्रेयरका लागि ३ लाख ५ हजार रुपैयाँ गरी जम्मा ६ लाख १० हजार रुपैयाँ छुट्याएको थियो ।
नगरको ६ लाख १० हजार र कृषकको ५० प्रतिशत गर्दा जम्मा ६ लाख १० हजार गरी जम्मा १२ लाख २० हजार रुपैयाँको उक्त सामाग्री बितरण गर्न लागिएको पालिकाले जनाएको छ ।
बितरणका लागि कृषकलाई मकै रोप्ने मेशिनको ५० प्रतिशत १४२५ रुपैयाँ र बिद्युतीय स्प्रेयरको ५० प्रतिशत १७८० रुपैयाँ पालिकामा ७ दिन भित्र जम्मा गर्न आग्रह गरिएको हल्दीबारी कृषि शाखा प्रमुख छबिलाल गुरुङले जानकारी दिए । शाखा प्रमुख गुरुङका अनुसार कृषकले रकम जम्मा गरिसकेपछि पालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री बितरण गरिनेछ ।
पालिकाले आव्हान गरेको सूचनाबाट मकै रोप्ने मेशिनका लागि १७५ जनाको आवेदन परेको थियो । जस अन्तरगत वडा नम्बर १ बाट २६, २ बाट ६२, ३ बाट १५, ४ बाट ४१ र ५ बाट ३१ जना गरी जम्मा १७५ जना कृषक नै छनौट भएका कृषि शाखा प्रमुख गुरुङले बताए । त्यस्तै बिद्युतीय स्प्रेयरका लागि २२१ जना कृषकको आवेदन परेकोमा वडा नम्बर १ बाट ४५, २ बाट ४९, ३ बाट १६, ४ बाट ४६ र ५ बाट ४६ गरेर जम्मा २०२ जना कृषकलाई छनौट गरिएको बताइएको छ । मकै रोप्ने मेशिनका लागि २१३ जना र बिद्युतीय स्प्रेयरका लागि २२१ जना कृषकले आवेदन दिएका भएपनि रकम अपुग भएका कारण ३७७ जना कृषकलाई मात्र उक्त सामाग्री बितरण गर्न लागिएको कृषि शाखा प्रमुख गुरुङले बताए ।
पालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कुषण्कलाई मकै रोप्ने मेशिन र बिद्युतीय स्प्रेयर बितरण गर्न लागेको हो । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्न गत जेठ २३ गते सबै वडाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, कृषि फार्म, उद्यमी कृषकहरुबाट दरखास्त आव्हानको लागि सूचना प्रकाशन गरेको थियो ।