झापा । 

झापा गाउँपालिका वडा नम्बर ५ पन्तपाडाबाट लागू औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य किशनगञ्ज जिल्ला धनतौला ग्राम पंन्चायत वडा नं. १ का ३२ बर्षिय तनविर आलम रहेका छन् । 

शनिवार साँझ ६ः३० बजेको समयमा बिओपी पन्तपाडाबाट खटिएको सशस्त्र प्रहरीको चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा  भारतबाट नेपालतर्फ आउँदै गरेको BR 37 H 9555 नम्बरको भारतीय मोटरसाईललाई शंका लागेर चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार आलम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । 

उनको साथबाट प्लाष्टिक बाहेक ५ ग्राम ४८० मिलिग्राम र ३९ हजार १०० नेपाली र २०० भारती रुपैयाँ, भिभो कम्पनीको मोवाईलसहित नियन्त्रणमा लिएर प्रहरी चौकी शरणामतिमा जानकारी गराउन साथ प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा बरामद मुचुल्का भएको प्रहरीले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।