चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ चन्द्रगढीमा पाँच जना जेष्ठ नागरिकलाई सम्मानसँगै टेक्ने लट्ठी बितरण गरिएको छ । देवकोटा जेष्ठ नागरिक समुहले असार १५ को अवसर पारेर भद्रपुर–९ निवासी लक्ष्मीप्रसाद खतिवडा, महेश्वरा ढकाल, खीनमाया तिवारी, नन्दलाल भट्टराई र राजमणि ढकाललाइ सम्मानसँगै टेक्ने लट्ठी आज (शनिबार) बितरण गरेको हो ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिकलाइ दही, चिउरा खुवाएर असार १५ को महत्वका साथै जेष्ठ नागरिकका अधिकार बारेमा प्रमुख अतिथि भट्टराई र अग्रज समाजसेवी बिष्णुप्रसाद शिवाकोटीले प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षता, खड्गप्रसाद दाहालको स्वागत र जङ्ग रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सरोज निरौलाले संस्थाको गतिविधि बारे प्रष्ट पारेका थिए ।