झापा । 

यस चालु आर्थिक वर्षको असार दोस्रो हप्तासम्म ७७ म्यानपावर कम्पनीले एक हजार भन्दावढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।

 वैदेशिक रोजगार विभागका अनुसार असार १२ गतेसम्म म्यानपावर कम्पनीबाट ३ लाख ३५ हजार ९ सय ९७ जना नेपाली रोजगारीको खोजीमा संस्थागत श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यस मध्ये पुरूष कामदारको संख्या २ लाख ९९ हजार ८ सय ३३ र महिला कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ । 

असार १२ गतेसम्मको तथ्यांकअनुसार निल कमल ह्युमन रिसोर्स प्रालिले यस वर्ष सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त कम्पनीबाट ७ हजार १३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । दोस्रोमा एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । उक्त कम्पनीबाट ५ हजार ५ सय ५५ जना गएका छन् । त्यस्तै एयर किंग्स प्लेसमेन्ट प्रालि ३,८३७ जना कामदार बैदेशिक रोजगारीमा पठाएर उक्त अवधिसम्म तेस्रो नम्बरमा परेको छ ।

उक्त बिभागको बिबरण अनुसार आसमाक्स कम्पनी र स्यारोन म्यानपावर प्रालि १,००० जना मात्र रोजगारीका लागि कामदार पठाएका छन् ।