झापा।
आज असार १५ धान दिवससँगै दहि चिउरा खाँदै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसँगै एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१ औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ ।
धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले विसं २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिदै आइएको छ ।
आज झापाका बिभिन्न स्थानीयतहमा बेठी लगाएर धान रोपाईसहित बिभिन्न सामाजिक संघसंस्थाले समेत देशभर २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०८१ विभिन्न कार्यक्रमहरुसहित मनाउदै छन् ।
संकेत तस्वीर