झापा । 

बैंकिङ कसुर मुद्दामा २७ लाख रुपैयाँ जरिवानाको फैसला भई फरार रहेका एक जना प्रतिबादी पक्राउ पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्वर ४ का ३४ बर्षिय लुसन तिवारीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।  

रामकुमार श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी लुसन तिवारी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०८०/०२/१० गतेको फैसला अनुसार फरार रहेका तिवारी पक्राउ परेका हुन् । 

प्रतिबादी तिवरीलाई  जिल्ला प्रहरी कार्यालयबाट फैसला कार्यन्वयनको प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो ।

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रतिवादी तिवारीले पिडित राहत कोषमा एक लाख ८ हजार रुपैयाँ क्षतिपुर्ति शुल्क जम्मा गर्नुपर्ने प्रहरीले जनाएको छ ।