झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर २ डिगाँउमा एक ब्यक्तिले धारिलो हत्यार प्रहार गरी हत्या गरेका छन् । सही स्थान बस्ने अन्दाजी ३५–४० बर्षिय राजेश तामाङले सोही स्थान बस्ने ७० की गौरीमाया तामाङलाई धारिलो हत्यार प्रहर गरी हत्या गरेका हुन् । 

  तामाङले उनकै घरमा गएर आज (शुक्रवार) दिउसो ३ः३० बजेको समयमा धारिलो हरियार सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गरेका थिए । ती बृद्धा महिला घर नजिक बाटोमा मृत्यु भईसकेको प्रहरीले जनाएको छ । 

उक्त हतियार घटनास्थल सुरक्षित राखेर राजेश तामाङलाई लुकिछिपि वसेको अवस्थामा पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बृद्धाको हत्या गरेको कारण भने यो समाचार तयार गर्दासम्म खुलेको छैन ।