हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले असार १६ गतेदेखि सवै वडामा राष्ट्रिय परिचयपत्र बितरण तथा फोटो खिच्ने कार्य गर्ने भएको छ । आर्थिक बर्ष २०८१/०८२ साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तथा विवरण नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकोले बितरण गर्न लागिएको हो ।
पालिकाले बिहीवार एक सूचना जारी गर्दै असार १६ गतेदेखि साउन १६ गतेसम्म पाँच वटै वडाहरुमा राष्ट्रिय परिचयपत्र बितरण गर्ने जनाएको छ ।
हल्दीबारी वडा नम्बर १ मा असार १६ देखि २१, वडा नम्बर २ मा असार २३ देखि २८, वडानम्बर ३ मा असार ३० देखि साउन ४ गते, वडा नम्बर ४ मा साउन ६ देखि १० र वडा नम्बर ५ मा साउन ११ देखि १६ गतेसम्म राष्ट्रिय परिचयपत्र बितरण गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
वडा नम्बर ४ को भने परिचयपत्र बितरणपछि फोटो खिच्ने जानकारी गराइने सूचनामा भनिएको छ । बालवालिका ९० वर्ष माथिका ज्येष्ठ नागरिक र आफ्नो हेरचाह गर्न नसक्नेको हकमा परिचयपत्र अनिवार्य नरहेको समेत पालिकाले जनाएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुका लागि विवरण प्रविष्ट अर्थात फोटो खिच्ने कार्य पनि हुने भएकाले आवश्यक कागजात लिएर पालिकाले तोकेको मितिमा उपस्थित हुन सूचनामा मार्फत आग्रह समेत गरिएको छ ।
यस्तो छ पालिकाद्धारा जारी सूचना :