काठमाडौं । 

सिन्धुपाल्चोकमा गएराती भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

भूकम्पले पुर्याएको क्षतिको विवरण भने यो समाचार तथार गर्दासम्म आएको छैन ।