झापा ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०८१/०१/२३ गतेको फैसला अनुसार १ महिना कैद र ६ लाख रुपैयाँ जरिवाना भइ फरार रहेका प्रतिवादी आज (बिहीवार) पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं.९ का ३१ बर्षिय इकेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको हो ।
अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।