झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर १ घर भई झापा शिवसताक्षी नगरपालिका १० टेकक्रा बस्ने अन्दाजी २६ बर्षिय प्रदिप तामाङलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । 

तामाङले अवैध लागू औषध बेचबिखन गर्दैछन् भन्ने गोप्य सुचनाको आधारमा बुधवार साँझ ६ः४० बजेको समयमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

तामाङलाई फेला पारी नियन्त्रणमा लिएर सोधपुछ गरेर उनको घर खानतलासी गर्दा घरभित्र २ ग्राम ८७ मिलि ग्राम ब्राउन सुगर फेला साथै नगद २० हजार ४२० रुपैयाँसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।