झापा ।
झापा गौरिगञ्ज गाउपालिका १ महाभाराका एक जना बालक खोलाले बगाएर बेपत्ता भएका छन् । गौरीगञ्ज–१ का मेदे बि.क.का छोरा १३ बर्षिय मिलन बि.क.बुधवार साँझ ७ बजेबाट खोलाले बगाएर बेपत्ता भएका हुन् ।
साथिहरुसँग फुटबल खेलेर सोही स्थानमा रहेको बनियानी खोलामा पौडि खेल्नलाई पसेकोमा उक्त खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्रहरीलाई राती ८ बजे प्राप्त भएको थियो ।
जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले उक्त खोलामा पुगेर खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती बालकको राती ११ बजेसम्म प्रहरी र रेडक्रसको टोलीसहित खोजी गर्दा पनि नभेटिएको र अहिले थप सुरक्षाकर्मीसहित खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।