बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले असार २२ गते हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आज (बुधवार) बसेको कार्य समितिको बैंठकले निर्वाचन परिचालन गर्न निर्वाचन समिति निर्माण गरेको हो ।
बैंठकले निर्वाचन परिचालनका लागि प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा सान्दाईलाई जिम्मेवारी दिएको छ । त्यस्तै निर्वाचन अधिकृतमा अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता लक्ष्मी खनाल कोइरालालाई जिम्मेवारी दिइएको अध्यक्ष गिरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघले यसअघि नै केन्द्र, प्रदेश र जिल्लाकोसहित तीनै तहको निर्वाचन तालिका सार्वजनिक गरेको थियो । सोही अनुरुप झापा शाखाले पनि निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरेको हो ।
यस्तो छ निर्वाचन तालिका :