झापा ।
कोशी प्रदेशस्थित मोरङको विराटनगरमा निरन्तरको वर्षापछि ठाउँठाउँमा डुबान हुन थालेको छ। विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोलामा बहाव उच्च भएपछि डुबान भएको हो।
खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्न थालेको प्रहरीले जनाएको छ। विराटनगरमा पानी निकासको उचित प्रबन्ध नभएका कारण सामान्य वर्षामै पनि डुबानमा पर्ने गरेको छ। निरन्तरको वर्षापछि विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्।
सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको मोरङ प्रहरीले जनाएको छ । वर्षा नरोकिएन बाढी र डुबानले जनजीवन प्रभावित बनाउने देखिएकोछ ।
बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान पहल भइरहेको छ।
संकेत तस्वीर