झापा । 

झापा कचनकवल गाउँपलिका वडा नम्बर ३ ठुलो केचनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । सोही स्थानका हरिप्रसाद राजवंशीको छोरी अन्दाजी १२ बर्षिया मनिषा राजवंशीको सर्पको टाकाईबाट मृत्यु भएको हो ।

मंगलबार साँझ ५ः३० बजेको समयमा सर्पले डसेर अस्पताल लाने क्रममा मनिषाको मृत्यु भएको थियो । आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा बिषालु सर्पले टोकी उपचार को लागि बीएण्डसी  अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु थियो । 

जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्रहरीको टोलीगएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।