झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ नमुना टोलमा एक बालको खोलामा डुवेर मृत्यु भएको छ । सोही स्थानका बामरा सतारको छोरा २० महिनाको रिहान सतारको खेल्ने क्रममा डुवेर मेत्यु भएको हो । 

बालकको मंगलबार साँझ ७ः३० बजेको समयमा  घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवेर मृत्यू भएको थियो । 

जानकारी प्राप्त हुन साथ प्रहरी टोली गएर घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी लास पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाइएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।