बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘ब्यवसयिक राहत कोष’का लागि व्यवसायी दिनेश श्रेष्ठले एघार हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य समेत रहेका श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडालाई रकम हस्तान्तरण गरेका हुन् ।
संघले एक करोड रुपैयाँ बरावरको ब्यवसायी राहत कोष स्थापना गरेको छ । व्यवसायी राहत कोष स्थापना भएसँगै सामाजिक व्यत्तित्व तथा व्यवसायीहरुले जन्मोत्सव तथा विभिन्न अवसरमा रकम प्रदान गर्दै आएका छन् । सोही क्रममा श्रेष्ठले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर कोषमा सहयोग रकम उपलब्ध गराएको बताए ।