झापा ।
झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ७ बजे अचानक परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमल गाउँपालिकामा वडा नम्वर २ समाईगढका ४६ बर्षिय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरवाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङ लागेर घाइते भएका खड्काको उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो ।
उनको ७ः४५ वजे अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।