झापा ।
झापाका सवै स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् । झापाका स्थानीय तहले आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
झापामा रहेका १५ वटा स्थानीय तह मध्ये गौरीगञ्ज गाउँपालिकाले भने नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेको छ । गौरीगञ्जले आगामी असार १६ गते बजेट प्रस्तुत गर्ने भएको छ । अन्य १४ वटा पालिकाले नीति तथा कार्यक्रमसहित बजेटसमेत प्रस्तुत गरिसहेका छन् ।
झापाका १५ वटा स्थानीय तह मध्ये मेचीनगर नगरपालिकाले सवै भन्दा बढी बजेट सार्वजनिक गरेको छ । मेचीनगरले दुई अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको छ भने सवै भन्दा कम कनकाई नगरपालिकाले ६९ करोड ७७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
त्यस्तै दमक नगरले एक अर्ब ६२ करोड, बिर्तामोड नगरले एक अर्ब २९ करोड, भद्रपुर नगरले ९९ करोड २ लाख, शिवसताक्षी नगरले ९६ करोड ३६ लाख, अर्जुनधारा नगरले ८५ करोड ५९ लाख, गौरादह नगरले ८४ करोड ३४ लाख र कनकाई नगरले ६९ करोड ७७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छन् । नगरपािलका मध्ये सवैभन्दा कम बजे कनकाई नगरपालिकाले सार्वजनिक गरेको छ ।
गाउँपालिकातर्फ कमल गाउँपालिकाले सवै भन्दा वढी ७१ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने अहिलेसम्म सार्वजनिक भएका मध्ये हल्दीबारी गाउँपालिकाले सवै भन्दा कम ४८ करोड ८९ लाख बजेट प्रस्तुत गरेको छ । त्यसैगरी कचनकवलले ६६ करोड ३१ लाख, बुद्धशान्ति गाउँपालिकाले ६४ करोड ८ लाख, बाह्दशी गाउँपालिकाले ५० करोड ४५ लाख, झापा गाउँपालिकाले ४९ करोड ८९ लाख रुपैयाँ आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।