झापा।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि साधरणतया बदली रहने छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने सोमबारदेखि मनसुनी वायु देशभर फैलिएको महाशाखाले जनाएको छ ।