झापा ।  

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११  नयाँ बसपार्कको एक ग्यारेजमा आगलागी भएको छ । आज (आइतवार) बिहान ७ः३५ बजेको समयमा भएको आगलागीबाट नौ लाख रुपैयाँ क्षति भएको छ । 

बिर्तामोड नगरपालिका वडा नम्बर ३ का कमल कालिकोटेले सञ्चालन गरेको पदम बडी निर्माण ग्यारेजमा अचानक बिधुत सट भएर आगलागी भएको थियो । 

आगलागीबाट ग्यारेज भित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जलेर नष्ट हुँदा ९ लाख रुपैयाँ बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा ८ः५ मिनेटको समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ । आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।