सुरुङ्गा ।
रोटरी क्लब अफ सुरुङ्गाले स्थापना दिवसको अवसर पारेर पत्रकार मोहनकाजी न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । रोटरी क्लब अफ सुरुङ्गाले शनिवार कनकाईस्थित सुरुङ्गामा ७ औं स्थापना दिवसको अवसर पारेर पत्रकार काजीलाई पुरस्कृत गरेको हो ।
स्व. हेमकला टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार काजी पुरस्कृत भएका हुन् । रोटरियन तथा सञ्चारकर्मी राम निरौलासहित परिवारले स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार ५५ रुपैयाँ रहेको छ ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको स्थापना दिवस तथा पुरस्कार बितरण कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । पुरस्कार बितरण कार्यक्रममा दाता परिवारका तर्फबाट संरक्षक टीकाराम निरौला, राम निरौला, शान्ता निरौला, रामका छोराछोरी सार्थक समृद्धि निरौलालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कनकाई नगर प्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, रोटरी डिस्टिक असिस्टेन्ड गर्भनर सन्दीप दीपु चापागाई, सम्मानीत पत्रकार काजीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत रोटरीका पूर्व अध्यक्ष खेमप्रसाद प्रसाईले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश संस्थापक अध्यक्ष एलपी उप्रेतीले पारेका थिए ।
पत्रकार पुरस्कारको शहजीकरण दाता परिवारका तर्फबाट राम निरौलाले प्रस्ट पारेको कार्यक्रममा रोटरीका पूर्व अध्यक्ष तथा पुरस्कार छनौट समितिका टीकाप्रसाद कट्टेलले सम्मानपत्र बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाकी उपाध्यक्ष सरला दाहाल पोखरेलले गरेकी थिइन् । कार्यक्रममा रोटरीका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, सुशिलकुमार श्रेष्ठ, उक्त पुरस्कारबाट यसअघि सम्मानीत ब्यक्तित्व तीर्थ खरेलललगायतको आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच रोटरी क्लव अफ सुरुङ्गाले केक काटेर ७ औं स्थापना दिवस समेत मनाएको थियो ।