झापा ।
झापाको झापा गाँउपालिका वडा नम्बर ५ बिओपि चेक प्वाईन्टबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का २२ बर्षिय मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा बिहीवार चेकजाँच गर्दा उनले लगाएको दाईने खुट्टाको चप्पलमा लुकाई छिपाई ल्याउदै गरेको लागू औषध खैरो हिरोइन प्लाष्टिक बाहेक ६२० मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिओपि शरणामती चेक प्वाईन्टमा खटिएको सशस्त्र प्रहरी बलले ज्यमि गरी प्रहरी चौकी शरणामतीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।