झापा । 

 झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुल छेउमा एक जना मानिस मृत अवस्थामा फेला परेका छन् । दमक नगरपालिका वडा नम्बर १ सरस्वती टोलका ५३ बर्षिय मोहन रामदाम (बि.क.) खोलाले बगाएको अवस्थामा मृत फेला परेका छन् ।

 रतुवा खोलाले बगाएर ल्याईरहेको अवस्थामा स्थानियले देखी तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा उनको मृत्यु भईसकेको थियो । 

 स्थानियले आज (बिहीवार) बिहान ८ः१० बजे इलाका प्रहरी कार्यालय दमकमा खवर गरेपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका दमकबाट प्रहरीको  टोली गएको छ ।

प्रहरी टोलीले थप अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतका आफन्त घटनास्थलमा आइपुगेको प्रहरीले जनाएको छ ।